भाइरल बाबाको 'लाइफ ड्यामेज' !

dainikonline
दैनिक अनलाइन | कात्तिक ४, २०७६ सोमबार | 0

काठमाडौं । सामाजिक सञ्जालमा हावादारी कुराले चर्चामा रहेका एक साधुले अन्ततः विवाह गरेका छन् । 

‘महामृत्युञ्जय अघोर बाबा’ भनेर चिनिने उनी केहि समय अघि ५० करोड भएमात्रै विवाह गर्ने भन्दै चर्चामा आएका थिए ।

५८ वर्ष पुगेका उनलाई अहिलेसम्म विवाह किन नगरेको भनी जिज्ञासा राख्दा उनी भन्ने गर्थे  ‘बिहे गर्न त मन छ, तर मसँग बिहे गर्न चाहने युवतीले पचास करोड नगद दिनुपर्छ । अचल सम्पतिमाथि म विश्वास गर्दिनँ । आफ्नै जीवन ड्यामेज भैरहेको समयमा धन–सन नभएकी केटीलाई ल्याएर किन उसको समेत जीवन ड्यामेज पार्ने ? त्यसैले मैले पचास करोडको डिमाण्ड तेर्स्याएको हुँ ।’ 

युट्युबमा  चर्चामा रहेका उनले चितवन स्थित देवघाट मन्दिर पुगेर एक तपस्वी सँगनै विवाह गरेको सार्वजानिक गरेका हुन् । मन मिल्ने जीवनसाथी पाएको भन्दै खुसी समेत व्यक्त गरेका छन् ।

चितवनमा रहेका उनले नारायणी गंगालाई साक्षि राखी सात जुनिसम्म साथ नछोड्ने भन्दै कसम खाईरहेको भिडियोमा देख्न सकिन्छ  ।

सामाजिक सञ्जालमा बाबा नामले चर्चामा रहेका उनी 'लाइफ ड्यामेज' बारम्बर बोल्ने गर्थे । आफ्नो 'लाइफ ड्यामेज' थेगो अन्ततः उनकै जिवनप्रति ब्यंग्य गर्न पुगेको छ। 

विवाहलाई गृहस्थी आश्रमका रुपमा लिइएपनि धर्मशास्त्रका अनुसार सांसारिक जिवन त्यागेको घोषणा गर्नेहरुको यस्तो कदम पतनको मार्ग हो !

विवाह गरेसँगै उनको 'बाबा' नाम समेत हटने छ । भाइरल बाबाप्रति धेरैले 'जुनजोगी आएपनि कानै चिरेका' भन्दै  व्यंग्य गरेका छन् ।

को हुन भाइरल बाबा ?

काठमाडौँ सुन्दरीजलमा बस्दै आएका उनी काठमाडौंको लाजिम्पाटमा जन्मेका हुन् । यज्ञ केसी नाम रहेका उनी साधु बनेपछि 'अघोर बाबा'को नामले चिनिने गरेका थिए ।

काठमाडौंमा जन्मिए पनि भारत पुगेपछि उनी साधु बनेका थिए ।  आफूले २० वर्षको उमेरमै ‘दिव्य सिद्धि ज्ञान’ प्राप्त गरेको उनी दाबी गर्छन् ।

लाजिम्पाट छँदा नै गीत–संगीत र अभिनय विधामा उनको रूचि थियो । पछिल्लो समय भक्ती भजन भन्दा पनि उनी सांसारिक गीत र रक कन्सर्टमा रमाउँदै आएका थिए । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय