अन्तर्राष्ट्रिय युवा सम्मेलन हुँदै

dainikonline
दैनिक अनलाइन | कात्तिक ४, २०७६ सोमबार | 0

काठमाडौं । काठमाडौंमा सोमबारदेखि तीनदिने अन्तर्राष्ट्रिय युवा सम्मेलन हुँदैछ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्ट र राष्ट्रिय युवा परिषद नेपालको संयुक्त पहलमा  ‘समृद्धिका लागि अनुसन्धान र नवप्रवर्तन’ भन्ने मूल नाराको साथ सम्मेलन हुन लागेको हो । 
२० देशबाट कार्यक्रममा युवा वैज्ञानिकले भाग लिने  छन् । विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा लागेका युवाहरुमा भएको ज्ञान, अनुभव, सीप र क्षमताको आदनप्रदान गर्न करिब ३०० जना स्वदेश तथा विदेशमा रहेका युवा वैज्ञानिकले सम्मेलनमा भाग लिने नाष्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले जानकारी दिए ।

सम्मेलनमा उपस्थित युवा वैज्ञानिकले १८ वटा मुख्य विषयमा आफ्नो भनाइ राख्ने, लगभग १५० विषयमा कार्यपत्र प्रस्तुत गर्नेलगायत विज्ञान, प्रविधिक विषयक १० वटा प्रदर्शनी कक्ष रहेने ढुङ्गेलले बताए ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय