२८ वर्षीया महिलाको ११ वर्षीय बालिकासँग यौन सम्बन्ध, यसरी खुल्यो कर्तुत

dainikonline
दैनिक अनलाइन | कात्तिक ३, २०७६ आइतबार | 0

अमेरिका । ११ वर्षीय बालकसँग यौन सम्बन्ध राखेको आरोपमा २८ वर्षीय महिलालाई जेल सजाय सुनाइएको छ। 

यो घटना अमेरिकाको फ्लोरिडाको हो। बुधबार त्यहाँको अदालतले महिलालाई दोषी ठहर गर्दै २० वर्षको जेल सजाय सुनाएको हो। घटनाका समयमा महिला २२ वर्षकी थिइन्। 

महिलाले ११ वर्षीय बालकको घरमा बसेर नर्सको काम गर्दै आएकी थिइन्। यसै क्रममा स्न २०१४ मा उनले बालकका साथ सम्बन्ध बनाइन्। हाल उनले बच्चालाई जन्म दिएपछि उनको कर्तुत सार्वजनिक भएको हो। 

पहिले बालकका परिवारले महिलाले आफ्ना प्रेमीको बच्चाको जन्म दिएको आँकलन गरे। डेलिभरीपछि बालकका परिवार महिलालाई भेट्न अस्पताल पनि पुगेका थिए। 
महिलाले ७ महिनामा करिब १५ पटक बालकमाथि यौन दुव्र्यवहार गरेकी थिइन्। तर बालकले घटनाका बारेमा कसैलाई जानकारी गराएका थिएनन्। सन् २०१७ मा महिलालाई पक्राउ गरेपछि घटनाका बारेमा खुलासा भएको थियो। 

अहिले बालक पनि १७ वर्षका भइसकेका छन्। अदालतमा सजाय सुनाउने क्रममा महिला र बालकका ५ वर्षीय छोरा पनि उपस्थित भएका थिए।  
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय