हिन्दू महासभाका नेता तिवारीको घाँटी रेटी हत्या

dainikonline
एजेन्सी | कात्तिक १, २०७६ शुक्रबार | 0

लखनउ । भारतको लखनउमा हिन्दु समाज पार्टीका केन्द्रीय अध्यक्षको हत्या भएको छ । 

लखनउको खुर्शीदबाग स्थित घरमै  हिन्दु महासभाका नेता कमलेश तिवारीको शुक्रबार घाटी रेटि हत्या भएको हो ।

हत्याराले मिठाईको डब्बाभित्र चक्कु लिएर आएका थिए । तिवारीको शरीरमा १५ ठाँउमा घाउ रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

घाइते भएका उनलाई परिवारले अस्पताल  पुर्याएको थियो। अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका हुन । 

हत्याराहरूको खोजी भैरहेको भारतीय प्रहरीले जनाएको छ । घटनास्थलमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

उनले हिन्दु राष्ट्रको वपक्षमा अभियान चलाउँदै आएका थिए ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय