आज पनि घट्यो सुनचाँदीको भाउ

dainikonline
दैनिक अनलाइन | असोज २९, २०७६ बुधबार | 0

काठमाडाैं । आज पनि सुनचाँदीको भाउ घटेको छ । हिजो मंगलबार ७० हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर ७० हजार ६ सयमा झरेको छ । तेजावी सुन पनि आज तोलामा १ सय रुपैयाँले घटेर ७० हजार ३ ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

चाँदीको भाउ आज तोलामा १० रुपैयाँले घटेर प्रतितोला ८५० रुपैयाँमा किनबेच भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ५३० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार २७५ र प्रति १० ग्राम चाँदीको मूल्य ७२९ रुपैयाँ कायम गरेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय