के भन्छन् महरामाथि यौन दुर्व्यवहारको आरोप लगाउने रोशनीका पति ?

dainikonline
दैनिक अनलाइन | असोज १५, २०७६ बुधबार | 0

काठमाडौँ । यौन दुर्व्यवहारको आरोप लागेको भोलिपल्टै कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका छन्। तर आरोप लगाउने पीडित भनिएकी रोशनी शाहीले भने सार्वजनिक रुपमै आफूले लगाएको आरोप झुटो भएको स्पष्टिकरण दिएकी दिइएकी छिन्। 

यता आरोप लगाउने महिलाका श्रीमान चित्रबहादुर शाहीले भने महरामाथि लागेको यौन दुराचारको आरोप आफूले कल्पना गर्न समेत नसक्ने बताएका छन्।

महिलाका श्रीमानले महरालाई धेरै अघिदेखि चिनेको बनाउँदै उनले त्यस्तो कुकर्म गर्न नसक्ने बताएका हुन्। उनले भनेका छन्, ‘मैले महरा सरलाई २०४७ सालदेखि नै चिनेको हुँ। उहाँ त्यस्तो स्वभावको मान्छे होइन। उहाँबाट त्यस्तो कुकृत्य हुनै सक्दैन, ‘मेरो उहाँप्रति पूर्ण विश्वास छ। 

शाहीले महरा र नेकपाका अन्य नेताहरुसँग पनि आफ्नो राम्रो सम्बन्ध भएको बताउँदै यो आरोपमा कुनै सत्यता नभएको प्रष्ट पारेका हुन्। 

सभामुख महराले आफ्नै कोठामा आएर आफूमाथि यौन दुव्र्यवहार गरेको भन्दै रोशनीले गम्भिर आरोप लगाएकी थिइन् । तर आरोप लगाएको भोलिपल्टै उनले आफूले लगाएको आरोप झुटो भएको भन्दै आफ्नो बयान फेरेकी थिइन्।  

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय