कस कसलाई डुबायो यौन काण्डले ? (नेताकाे सूचीसहित)

dainikonline
दैनिक अनलाइन | असोज १५, २०७६ बुधबार | 0

काठमाडौँ । आफ्नो पदीय मर्यादा ख्याल नगरेर तल्लो स्तरको हर्कत गरेपछि बदनाम कमाएका नेता तथा उच्च पदस्थ व्यक्तिहरू नेपालमै धेरै छन । नेपाली राजनीतिका विभिन्न घटकमा रहेका महिला कार्यकर्ता तथा नेत्रीसँग यौनजन्य सम्बन्ध रहेको चर्चा बेला बेला चल्ने गरेपनि प्रमाणहरू फेला पर्ने घटना थोरै मात्रामा हुन्छन ।

नेपालमा नेता देखि मन्त्री सम्मका 'हाईट'मा पुगेकाहरू त यस्तो घटनामा फस्ने गरेको करिव करिव समान्य भइसकेको अवस्थामा तिन बिस काटेका, शारीरिक रुपमा त्यति बलियो बाङ्गा नभएका र नेपालको कम्युनिष्ट राजनीतिको आशलाग्दा नेता तथा सभामुख कृष्ण बहादुर महरामाथि बलात्कारको आरोप लागेको छ । उनले सभामुखबाट राजिनामा समेत दिइसकेका छन । यस्ता घटना विभिन्न पटक सत्तामा बसेका नेकपा, नेपाली काँग्रेस, मधेशी दलका तथा राप्रपा वा अन्य दलभित्रका भ्रातृ सङ्गठनमा पनि नभएका भने होइनन् । 

सञ्चारकर्मी रश्मिला, प्रजापतिले केशव स्थापितमाथि यौनहिंसा गरेको आरोप लगाएकी थिइन् । उनले काठमाडौंको मेयर हुँदा त्यहाँकी कर्मचारी प्रजापतिले बाहिर कतै घुम्न जाऔंलगायतका प्रस्ताव गर्ने गरेको बताइकी थिइन । 

प्रदेश २ मा राजपाका नेता रमन सिंहले यौन शोषण गरेको आरोप स्वास्थ्यकर्मी निशा झाले लगाएको आरोपले हङ्गामा नै मच्चिएको थियो ।  सरुवा गरिदिन्छु भनेर सम्बन्ध गाँसेको र शारीरिक सम्बन्ध समेत राखेपछि घुसको ६ लाख समेत लिएर भागेको भन्दै प्रदेश सभास्थलमै निशा झाले भनेपनि बबाल भएको थियो । 

कतिपय स्थानीय तहका नेता त घटनाको दोषी प्रमाणित समेत भएका छन्। नेकपा मोरङका नेता योगेन्द्र गुरुङकी प्रेमिकाका रूपमा रहेकी रमिला राईको हत्या गरेको आरोपमा गुरुङ पक्राउ परे । उनले राईसँगको शारीरिक सम्बन्ध समेत कायम गरेको र बच्नका लागि उनको हत्या गरी सप्तकोसी नदिमा शव फ्याँकेको बयान समेत दिएको घटना मिडियामा आएको थियो ।  


पूर्व सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत सल्यानकी महिला कार्यकर्ता महिमा खत्रीको लामो स्ट्याटसले विवादमा आए । उनले आफूलाई चितवनमा बोलाउँदै यौनजन्य हर्कतको प्रस्ताव जस्तो गरेको अनुभुति गरेको भन्दै आरोप लाएकी थिइन । 

रिपोर्टस् क्लबमै पत्रकार सम्मेलन गरेर नेपाल तरुण दलकी एक नेत्रीले समानुपातिक सूचीमा पार्ने बाहनामा नेता अर्जुननरसिंह केसीले यौन हिंसा गरेको आरोप लगाएकी थिइन् । घटनाको पुष्टि हुन नसकेपनि सामाजिक सञ्जालमा उक्त विषयले राम्रै स्थान पाएको थियो ।

पदीय आचरणमा नबसी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीको मन्त्री पद खुस्किएको थियो । उनलाई नेकपाले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो । 

प्रदेशसभामा निर्वाचनमा कैलाली ४ ‘क’ बाट १६ हजार १ सय ११ मत ल्याएर निवार्चित भएका तत्कालीन मन्त्री सोडारीले एक महिलालाई टेलिफोनमा मनलाग्दी भनेको अडियो रेकर्ड बाहिरिएको थियो । 

२०७२ सालको असार १५ गते धान दिवस मनाउने क्रममा तत्कालीन कृषिमन्त्री हरि पराजुलीले रोपाइँमा सहभागी एक महिलालाई अङ्गालो हालेको घटनाले उनले पनि मन्धीबाट राजीनामा दिनु प¥यो । 

संघीय सरकारका तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङ एक कार्यक्रममा मन्तव्य दिने क्रममा बोली चिम्लिँदा राजीनामा दिने स्थितिमा पुगे । बंगलादेशमा एमबीबीएस अध्ययन गर्न जाने नेपाली छात्राबारे नकारात्मक टिप्पणी गरेको भन्दै चौतर्फी आलोचना भएपछि तामाङले ‘नैतिकताका आधारमा मन्त्री पद छाडेका थिए । फिल्मी शैलीमा राजनीतिक वृत्तमा विकृत मानसिकता र प्रयोग हुँदै आएको कतिपय जानकार बताउँछन । कर्मचारी नेता, नेता र भ्रातृ सङ्गठनका कतिपय नेत्री, सांसद नियुक्तिका विषयमा ‘यौन सम्बन्धका डिल पनि’ हुने गरेको बताइन्छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय