दुबई दुर्घटनामा मृत्युहुने आठमा ६ जना नेपाली : मृतक नेपालीहरुको नाम खुल्यो

dainikonline
दैनिक अनलाइन | असोज १३, २०७६ सोमबार | 0

युएईमा भएको एक सडक दुर्घटनामा आठजनाको मृत्यु भएको छ । जसमा ६ जना नेपाली रहेका छ्न ।मृतकहरुको नाम खुले पनि हालसम्म सबैको ठेगाना खुलेको छैन।

सोमबार बिहान ४:५४ बजे दुबईको मोहम्मद विन जायद सडकमा कामदार बोकेको माईक्रो र लरि ट्रक आपसमा ठोक्किएर सो दुर्घटना भएको हो।

नेपाली दूतावासक अनुसार मृत्यु हुने नेपालीहरुमा दीपक बिक , नयराम साउद , नारायणप्रसाद पोखरेल,कृष्ण बहादुर पुन , दानबहादुर सत्याल र रमेश चौधरी रहेका छ्न।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय