भरतपुर महानगरकी मेयर रेणु दाहालमाथि अपाच्य गालीगलौज

dainikonline
दैनिक अनलाइन | असोज १२, २०७६ आइतबार | 0

काठमाडौं । पछिल्लो समय प्रतिष्ठित व्यक्तिका नाममा नक्कली फेसबुक अकाउन्ट खोल्ने र अश्लिल गालीगलौज गर्ने 'साइबर क्राइम' बढ्दो छ । 

प्रहरीले नक्कली अकाउन्ट बनाउँने (फेके) हरुमाथि कारवाही चलाउन नसक्दा यस्तो अपराधले प्रोत्साहन पाइरहेको छ । 

शनिवार चितवनमा ज्ञानेन्द्र शाहीमाथि स्थानीय युवाबाट भएको सांघातिक आक्रमणको चौतर्फी विरोध भइरहेको छ ।

सरकारले फरक मतलाई स्थान दिन नसकेको र विचारमा प्रतिस्पर्धा गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । शाहीमाथिको आक्रमणको नेकपाकै नेताहरुले विरोध जनाएका छन् ।

राजनीतिकर्मी, कलाकारदेखि बुद्धिजीवी सबैले उक्त आक्रमण निन्दनीय भन्दै दोषीमाथि कारबाहीको माग गरेका छन् ।

यता सामाजिक सञ्जाल फेसबुकमा भने केही मानिसहरुले सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी एवं भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालमाथि अपाच्य गालीगलौज गरेका छन् ।

नक्कली एकाउन्टमार्फत लेखिएको एउटा स्टाटस भाइरल बनाइएको छ । उक्त नक्कली पोस्ट सेयर गर्दै दाहालमाथि अपाच्य गालीगलौज भइरहेको छ ।

रेणु दाहाल देशबाहिर रहेको बेला उनलाई अनावश्यकरुपमा घटनासँग मुछेर प्रचारबाजी गरिएपछि समथर्कहरु आक्रोसित बनेका छन् ।

व्यक्तिको चरित्रमाथि नै प्रहार हुने सामग्री तत्काल हटाउन र दोषीलाई कार्वाही गर्न समथर्कले प्रहरीसमक्ष माग गरेका छन् ।

अश्लील गालीगलौज गर्नेहरुको नाम तयार भइरहेको र प्रहरीमा उजुरी दिने एक समर्थकले दैनिक अनलाईनलाई बताए ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय