अष्ट्रेलियाको पिआरसँग बिहे

dainikonline
विना भट्टराई | असोज ११, २०७६ शनिबार | 0

विहान अफिसको काम सकेर कोठामा फर्किदै थिएँ। कामको तनावले थकान पनि महशुस भइरहेको थियो। चोकमा आएर बानेश्वरबाट कलंकी जाने गाडी चढे। गाडीका लगभग लगभग सबै सिट भरिएका थिए। अन्तिम सिट खाली थियो । म त्यही बस्नका लागि गए। 

गाडीमा मेरो नजर नजिकै बसेको एक युवकसँग ठोकियो। चिटिक्क परेको कपडा लगाएको थियो। सुकिलो जिउ ज्यान, कलर गरेर कपाल सुनौलो पारेको। हेर्दा नौँ जवान । उ गाडीमा खोप्टो परेर बसेको थियो । मलाई कता कता उ को होला भनेर जान्न उत्सुकता जाग्यो। 

घाेप्टाे परेर बसेका कारण उसको अनुहार प्रष्ट देखिएको थियो । हेर्दा लाग्थ्यो उ ठूलै तनावमा छ । गाडीमा धेरै यात्रु थिए । सबै आ–आफ्नै धुनमा । सायद उ पनि आफ्नो संसारमा भुलिरहेको थियो। मान्छे गाडीमा थियो, तर उसको व्यवहारबाट प्रष्ट हुन्थ्यो, मन अन्त कतै छ। 

उसैको छेउमा गएर बसेका कारण मलाई भने उसलाई हेर्न मन थियो, जान्न मन थियो । किनकी उसलाई कतै देखेको भान मलाई परिरहेको थियो। काँ देखे ? कहिले ? ठम्याउन सकिन्। लाग्न थाल्यो, उसको अनुहार देख्न पाए, पक्कै मेरो यी प्रश्नको जवाफ मिल्नेछ। 

एक मनले सोच्यो, आफुनै दुनियाँमा हराइरहेको व्यक्तिलाई किन डिस्टव गर्नु र । फेरि अर्को मनले सोच्यो, चिनेको मान्छे भए त डिस्टव गर्दा नी के भयो र । मनमा तर्क वितर्क गर्दा गर्दै बस थापाथलीसम्म पुग्यो। थापाथलीको जाम छिचोल्न गाडी रोक्ने र गुड्ने भइरहेको थियो । मेरो ध्यान भने त्यही नजिकैको युवकसँग ठोक्किएको थियो। 

मनले मानेन। एक पटक त बोलाउनै गर्‍यो  भन्ने सोचे। तर के भनेर बोलाउने । नचिनेको मान्छे । बोलाउ भने कुनै काम पनि छैन् । एकछिन् धोदारमा परे। त्यसपछि एउटा वहाना भेटे। झ्याल खोल्ने । 


असोज लागिसक्यो । काठमाडौँमा असाध्यै गर्मी पनि छैन् । तर मलाई भने युवकको कुराले उकुसमुकुस बनाइरहेको थियो । उक्त उकुसमुकुसबाट छुटकारा एउटै कुराबाट पाउन सकिन्थ्यो । उसलाई हेरेर । 

त्यसपछि मैरे हिम्मत गरेर एउटा शब्द निकाले, एसक्युजमी । मेरो शब्दले उसको ध्यान भंग भयो। उसको हाउभाउ हेर्दा लाग्थ्यो, उसले मेरो स्वर चिन्यो। 

मेरो शब्दले नियाउरो परेको उसको अनुहारमा एकाएक मुस्कान झल्कियो। उसले हाँस्दै टाउँको उठाएर मलाई हेर्यो। 

धेरै बेरदेखि म पनि उसलाई हेर्न कौतुहुल थिए । उ मुस्कुराएको देख्दा एकछिन त म आश्चर्यमा परे। मन चिसो भयो। एकछिन त लाग्यो मैले बोलाएर कतै गल्ती त गरिन ? उ मुस्कुराको देखेर राम्रोसँग उसलाई नेहेरी ध्यान अन्तै मोडे। शिर निहुँराएर तल केही हेरेजस्तो गरे। 

यत्तिकैमा एउटा स्वर आयो, ‘ओ माइ गड तिमी’ । यो शब्दले मलाई झसङ्ग बनायो । स्वर चिनेजस्तो लाग्यो । त्यसपछि निहुराएको शीरलाई माथि उठाएर उसलाई हेरे। उ त मैले चिनेकै मान्छे पो रहेछ, अभिनाश। 

मेरो क्लासमेट, हामीले प्लस टुसम्म सँगै पढेको । अघि त्यत्रो समय अनुमान त लगाएकी थिए कतै देखे जस्तो भनेर, तर ठम्याउन सकिन। धेरै समय पछि अचानक भेट हुँदा हामी एकदमै उत्साहित भयौँ। तर उसको अनुहारमा हाँसोसँगसँगै रोदन पनि मिसिएको जस्तो देखिन्थ्यो । 

मैले सोधे, तिमीलाई सन्चो छैन ?

उसले जवाफ दियो, ठिक छ। 

मैले फेरि प्रश्न गर्दै भने, सञ्चो भएको मान्छेको अनुहार त यस्तो हुँदैन्। 

मेरो कुराले उ एकछिन निशब्द भयो। 

उ केही नबोलेको देखेर मैले फेरि थपे, तिमी निकै ठूलो तनावमा छौँ जस्तो देखिन्छौँ। 

उसले टाउको हल्लाएर, हो भनेको संकेत गर्यो। 

उसको संकेतले पाएपछि म पनि केही नर्मस भए। 

त्यसपछि सोधे, के भएको सुनाउन मिल्छ ?

उसले भन्यो, मिल्छ तर कथा लामो छ, धेरै समय लाग्छ, अब त गाडीबाट झर्ने बेला पनि हुन लागिसक्यो। 

मैले सोधे, कहाँ झर्ने हो ? 

उसले भन्यो, कलंकी

मैले भने, म पनि त्यही हो। अरु एकै छिन् चिया खाँदै कुरा गर्ने की ?

उसले भन्यो, उसो भए हुन्छ। 

भन्दाभन्दै गाडी कलंकी गएर रोकियो। 

हामी दुबै जना गाडीबाट झर्‍यौं। 

त्यसपछि कुरा गर्दै हामी नजिकैको चियाँ पसलमा पुग्यौं ।

अभिनाश पहिले जस्तो रमाइलो थिएन्। क्लासमा सबैलाई केही न केही उट्फट्याक गरेर हँसाइरहने अभिनाश । आज आफैमा भित्रभित्रै गलिरहेकोे जस्तो, नियाउरो अनुहार, ओठमा जबरजस्र्ती ल्याएको हाँसो प्रष्ट देख्न सकिन्थ्यो। उसको अनुहारले बताइरहेको थियो, की उ ठूलै पीडामा छ। 

उ मसँग पनि बोल्न अप्ठ्यारो मानिरहेको थियो। पहिले बोलेरै हैरान पार्ने व्यक्ति आज कसरी पस्तो भयो ? म उसका बारेमा जान्न उत्सुक भए। केही समयमा चिया पनि आइपुग्यो। 


चियाको चुस्की लिदै मैले सोधे, ल अब त भन के भएको छ ?

उसले नियाउरो अनुहारमा मुस्कान सहित हुन्छ भन्ने संकेत गर्यो। 

उसले कुरा गर्यो आफ्नै श्रीमतीको । कथा सुनायो श्रीमतीका कारण भोग्नु परेको पीडाको । 

म ४ वर्षअघि अस्ट्रेलिया गएको थिए। पढाईसँगै कमाई पनि होला भनेर । उहाँ पनि राम्रै थियो। भनेको जस्तो सबै कुरा भएको थियो। काम पनि पाएको थिए, पढाई पनि चलेकै थियो। 
यतिकैमा एक दिन मेरो नेपालमा एउटा केटीसँग फेसबुकमा कुरा भयो। 

‘हेलो’
उसले जवाफ ‘फर्काइ हाई’

यसै गरी हाम्रो कुरा अगाडि बढ्न थाल्यो। कुरै कुरामा हामी एक अर्कामा यति नजिक भयौँ की सबै कुरा शेयर हुन थाल्यो। 

सुख, दुख, घर, परिवार । यसरी कुरा हुँदाहुँदै हामी कहिले प्रेममा प¥यौँ पत्तै भएन। फेसबुकको च्याटबाट सुरु भएको हाम्रो प्रेम भिडियो कलसम्म पुगेको थियो। उसलाई देख्दा लाग्थो, सबै कुरा छोडेर उसैसँग पुरै जीवन विताइदिउ। 

मान्छे हेर्दा पनि निकै राम्री थिइन्। गोरी, लामो अनुहार, लामो नाक, ठूला ठूला आँखा, त्यसमाथि हल्का गाजल लगाएको। त्यो देख्दा म भुतुक्कै हुन्थेँ। 

उसको बोली, हाउभाउ, रुपरंग सबैदेख्दा मैले उसैसँग आफ्नो जीवन काट्ने निर्णय गरे। उतैबाट उसलाई विवाहको प्रस्ताव राखे। उनले पनि हुन्छ भन्ने जवाफ फर्काइन्। उनको जवाफ सुनेपछि म एक महिनाको विदा मिलाएर विवाहका लागि नेपाल आउने निर्णय गरे। 

प्रेम प्रस्ताव राखेको केही दिनमै म उनलाई आफ्नो बनाउने खुसी बोकेर नेपाल फर्किए। उसलाई कति बेला देखुला भएको थियो। मनमा कता कता डर पनि भएको थियो, नर्मस पनि देखिएको थियो। भित्रभित्रै खुसी पनि थिए। आफ्नो प्रेमलाई भेट्न पाउने भए भनेर। 

घर फर्किए। घरमा फर्किदा आमाले अरु केटीहरु पनि हेरेर राख्नु भएको रहेछ। तर उहाँको कुरा नसुनी मैले अर्कै केटीसँग प्रेम गर्ने कुरा आमालाई सुनाए। पहिले त रिसाउनु भयो। तर आमाको मन न हो। केही समयपछि उहाँ पनि त्यही केटीसँग विवाह गरिदिन तयार हुनुभयो। 

घरका सबै परिवार उनको हात माग्न उनकै घरमा पुग्यौँ। सबै जना विवाहका लागि सहमत देखिए। त्यो कुराले म पनि खुसी भए। १५ दिनपछि अर्थात माघ १० गते हाम्रो विवाह हुने दिन तय भयो। १५ दिनपछि विवाह सकेर म फेरि अस्ट्रेलिया नै फर्किनु पर्ने थियो। उनलाई पनि डिपेन्डेन भिसामा उतै लैजाने सोचेको थियो। 

समय वित्दै जाँदा विहेको दिन पनि आयो। धुमधामले विवाह गरेर उनलाई घरमा भित्र्याए। विवाहपछि हामी निकै खुसी थियौँ। विवाहका दिन पनि निकै रमाइला थिए। तर बाध्यता केही दिनमै म अष्ट्रेलिया फर्किनु पर्ने भयो। उनलाई पनि छिट्टै आफूसँगै लैजाने आस्वासन दिएर म विवाहको केही दिनमै अष्ट्रेलिया उडे। 

नव विवाहित श्रीमती, बुढा हुन लागेका आमा बाबुलाई छोडेर जान त मनले मानेको थिएन्। तर मनलाई सम्हाल्दै म अष्ट्रेलिया उडे। उता गएपछि मैले उनलाई आफूसँगै ल्याउने तयारी गर्न थाले। 
भिषा, कागजपत्र सबै कुराको व्यवस्था गरे। केही महिनामै उनको भिषा लाग्यो। उनी त्यसको केही दिनमै अष्ट्रेलिया आइन्। 

सोचेको थियो, अष्ट्रेलिया आएपछि उनीसँगै खुसी साथ बस्न पाइएला । जीवन काटन पाइएला। तर त्यो खुसी धेरै समय टिक्न सकेन। मैले फेसबुकमा जस्तो उनलाई देखेको थिए, उनी त्यस्ती थिइनन्। मैले विवाह गरेर जस्तो उनलाई छोडेको थिए, उनी त्यस्ती रहिनन्। 

किनकी उनले विवाह म सँग गरेकी रहिनछन्। तर नियत त अर्कै पो रहेछ। अष्ट्रेलिया पुगेपछि उनी मसँग निकै रिसाए बोल्न थालिनन्। बोलिमा निकै रुखोपन थियो। केही दिन त लाग्यो, म सँग रिसाएर होला। उनलाई फकाउने धेरै प्रयास गर्थे तर कहिलै सकिन्। 

किनकी उनको म प्रति प्रेम नै थिए। जब प्रेम हुन्छ, तब मान्छे फकिन्छ। भनेको मान्छ। केही दिन हाम्रो यस्तै चल्यो । सबै कुरा बुझ्दै जाँदा उनको पहिलै अर्कै केटासँग प्रेम रहेछ। उनले अष्ट्रेलियामा उसैलाई भेट्नका लागि म सँग विवाह गरेकी रहिछन्। तर मैले त उनलाई साच्चिकै प्रेम गरेको थियो। 

उनलाई विवाह गरीसकेपछि उनका बारेमा धेरै योजना सोचेको थिए। धेरै सपना देखेको थिए। तर ती सपना उनले सबै तोडिन्। अष्ट्रेलिया पुगेको एक हप्ता नपुग्दै उनी मलाई छोडेर आफ्नो प्रेमीसँग बस्न गइन्। 

उनले मेरो प्रेममा खोट मात्र लगाइनन्। मैले यत्रो वर्ष कमाएको सबै पैसा पनि उडाइदिइन्। विवाहमा बनाइदिएका गरगहना, पैसा, अष्ट्रेलिया आउँदाको खर्च सबै डुब्यो। मेरा सपना डुबे। मेरो प्रेम डुब्यो, बाबु आमाले छोरा बुहारीका लागि गरेको रहर डुब्यो अब त बाँकी केही रहेन। 

अष्ट्रेलियामा यत्रो पीडा बोकेर बाँच्न गाह्रो भयो। त्यसैले केही दिनअघि मात्रै नेपाल आएको । यहाँ केही नभएपनि आमाको माया त पाइएला। त्यो बिरानो ठाउँमा आफ्नै श्रीमतीले नै धोका दिएपछि कसलाई के भन्नु र। 

वैदेशिक रोजगार र फेसबुकका कारण आज म जस्ता कयौँ पुरुष पीडित छन्। अष्ट्रेलिया, अमेरिका जानका लागि नेपालमा विवाह गर्ने, त्यहाँ गएपछि उनीहरुसँग डिभोर्स लिने प्रवृत्ति धेरै मौलाएको छ। यही कारण म जस्ता कयौँ पुरुष पीडित छन्। उनीहरुलाई कसले दिन्छ न्याय। हिजो महिला हिंसा हुन्थ्यो। तर आज पुरुष हिंसा बढ्न थालेको छ। यसकोे रोकधामका लागि कडा कानुनी व्यस्ता बनाउन जरुरी छ। म चाहन्छु, मेरो जस्तो पीडा अरु पुरुषले भोग्नु नपरोस्। 

अभिनासले फेरि सोधे, 'अब त कुरा बुझ्यौँ होला नी ? उनले मसँग हैन मेरो पिआरसँग विवाह गरेकी रहिछन्।'  

यो पीडा कसैलाई सुनाउन सकेको थिइन्। आज तिमीलाई सुनाउदा मनको ठूलै भारी विसाए जस्तो भएको छ। 
उसको कुराले म निःशब्द भए।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय