लघुकथा: कण्डोमको रस

dainikonline
वैकुण्ठ ढकाल | असोज ११, २०७६ शनिबार | 0

पुरुषहरु आफ्नो काम आफैं गर्दैनन् भन्ने आरोप लाग्ने गरेको छ । हुन पनि हो, नुहाएर आफ्नो पेन्टी पनि धुँदैनन् ।

नुहायो ।

पेन्टी बाथरुममै फ्यात्त फ्याँक्यो, हिड्यो । म पनि त्यसै गर्थें ।
 
पछिल्लो समय बाध्यताले आफ्नो लुगा आफैं धुन थालेको थिएँ । खाना बनाउने, भाँडा माझ्ने काम दैनिकी नै बनिहाल्यो ।
 
दुई÷चार महिनामा घर जाँदा श्रीमती पनि खुशी नै हुन्थिन् । घर गएको भोलिपल्ट बिहानै श्रीमतीको रोजाइको लुगा लगाएर कामका निस्किएँ ।
 
त्यो दिन पूर्णिमाको दिन थियो । साँझ घर पुगेर हेर्दा त श्रीमतीको मुहारमा पूरा औंसी लागेको थियो ।

लाख कोशिस गरें । वाक्य फुटेन । वाक्य त परको कुरा शब्द पनि निस्केन । उनको मुखबाट अक्षर पनि आएन ।
 
खुशी मनाउने  पुरातन तरिका अपनाएँ । अँगालोमा बेरेर छातिमा टाँसे । झड्कारेर पर हुत्याइदिइन् ।
 
म भित्तामा ठोक्किएँ । पृथ्वी नै सात फन्को घुमे जस्तो भयो । 

उनी डाँको छोडेर रोइन् । 

म शरीर दुखेर पनि रुन सकेको थिइन । 

उनी किन रोइन् ? थाहा पाउन सकिन तर मैले श्रीमती यत्ति धेरै दुःखी भएको पहिलोपटक देखें ।
 
तर पनि कारण पत्ता लगाउन सकिन ।

मैले के गल्ती गरें ? एक एक सम्झन खोजें, अहँ केही सम्झिन सकिन ।

नबोलिकनै पलङको घर्राबाट नखोलेको ‘जोडी’को प्याकेट निकालेर मेरो हातमा थमाइन् । 

म मुर्छा परेर हाँसे, उनलाई के चाहियो र ! 

उनको रुवाइको गति र आवाज झन बढ्यो ।
 
नखोलेको ‘जोडी’ देख्दा त तिमी यस्तो गछ्र्यौ, खोलेको भेटेको भए झन के पो गथ्र्यौ होला नि .....
 
श्रीमतीले पहिलोपटक शंका गरिन् । म खुशी भएँ । उनी घरमा थिइन् । म कामको लागि धरान थिएँ ।
 
घरबाहिर भएको श्रीमानको गोजीमा ‘जोडी’ देख्दा जोकोहीले शंका गर्नु स्वभाविक नै थियो ।
 
गर्मी महिनामा मात्रै हैन जाडो महिनामा समेत म कास लागेर हैरान हुने गरेको उनलाई पहिलेदेखि नै थाहा थियो । उपचारका लागि गरेका प्रयासबारे पनि त पूर्ण जानकार थिइन् ।

मैले मोबाइलको लक खोलें । उनको कानमै लगेर डाक्टरसँग गरेको कुराकानी प्ले गरें । म उठेर पाइखानामा गएँ । आउँदा पाँच मिनेटको भिडियो सकिएको थियो । श्रीमतीको मुहार पूर्णिमाको जून जस्तै उज्यालो भएको थियो ।
 
मलाई नै अविश्वास लागेको टिप्स डाक्टरले दिएका थिए । अनि दोस्रोपटक दोहो¥याउन लगाएर भिडियो रेकर्ड गरेको थिएँ । भिडियोमा डाक्टरले भनेका थिए– ‘अब तपाईं केही समय कण्डममा हुने चिल्लो पदार्थ लगाई हेर्नुहोस् । यसले पक्कै ठिक गर्ला ।’ नभन्दै त्यसले कास लाग्ने समस्याबाट मुक्ति दियो ।

१० वर्षको वैवाहिक यात्रामा श्रीमतीले गरेको यो पहिलो शंका थियो । अघि अँगालोबाट हुत्याएर घाइते बनाएकी उनैले कसिलो गरी अँगालोमा बाँधिन् अनि कानमा फुसफुसाइन्, ‘नक्कले बुढा !’ अनि एक जोडी कान समाउँदै भनिन्, ‘यो नै मेरो पहिलो अनि अन्तिम शंका हो ल, आइएम सरी ।’
  
जवाफमा मैले निधारमा चुमिदिएँ ।
 
घर पुगेर पनि लुगा आफैंले धोएको भए श्रीमतीले मेरो पाइन्टको गोजीबाट ‘जोडी’ भेट्ने थिइनन् । अनि मेरो कासको समस्या समाधान गर्ने अचुक औषधिबारे लामो समय अनभिज्ञ रहने थिइन् । 

वैकुण्ठ ढकाल

लेखक: साहित्य र समसामयिक  विषयमा कलम चलाउँछन ।

[email protected]

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय