चीनमा १०८ जनामा गरियो कारोनाविरुद्धको भ्याक्सिनको परीक्षण, नतिजा यस्तो देखियो

dainikonline
दैनिक अनलाइन | जेठ १०, २०७७ शनिबार | 0

काठमाडौँ । चीनमा विकास भइरहेको कोरोनाभाइरसको भ्याक्सिनको प्रारम्भिक परीक्षण निकै उपलब्धिमुलक भएको दाबी गरिएको छ। 

प्रारम्भिक चरणमा १०८ जनामा गरिएको भ्याक्सिनको नतिजा निकै राम्रो आएको अनुसन्धानकर्ताहरुले दाबी गरेका हुन्। ट्रायलका क्रममा यो भ्याक्सिनले कोरोनाभाइरसविरुद्ध प्रतिरोधी क्षमता विकास गरेको पाइएको छ। यो परीक्षणका विषयमा मेडिकल जर्नल द ल्यान्सेटमा रिपोर्ट प्रकाशित गरिएको छ।

न्यूयोर्क टाइम्समा प्रकाशित समाचार अनुसार रिसर्चरहरुले कैयौं प्रयोगशालाहरुमा यो भ्याक्सिनको अध्ययन गरेका थिए। 

चीनको एड फाइभ नाम दिइएको यो भ्याक्सिनलाई क्यानसिनो बायोलोजिक्सले विकास गरेको हो। यो भ्याक्सिनलाई बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अमेरिकाको मोडर्नाले विकास गरिरहेको भ्याक्सिनभन्दा अगाडि मानिएको छ। यो वर्षको सुरुदेखि नै चीनमा भ्याक्सिनको ह्युमन ट्रायल सुरु भएको थियो।

यो भ्याक्सिनका केही सामान्य साइड इफेक्ट देखिएका छन्। शरीर दुख्ने र ज्वरो आउने साइड इफेक्ट देखिएको भए पनि यी लक्षण एक महिनाभित्र आफैं हराएर गएका थिए।भ्याक्सिनबाट कुनै गम्भीर खतरा उत्पन्न भएको देखिएको छैन। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय