चीनमा पहिलो पटक कोरोनाभाइरस शून्य

dainikonline
दैनिक अनलाइन | जेठ १०, २०७७ शनिबार | 0

चीनमा गत डिसेम्बरमा कोरोनाभाइरस सङ्क्रमण फैलिएयता पहिलो पटक शुक्रवार २४ घण्टामा कुनै नयाँ सङ्क्रमित भेटिएन्।

त्यहाँको न्याश्नल हेल्थ कमिशनले गएको २४ घण्टामा कोभिड-१९ का कारण कसैको पनि मृत्यु नभएको जनाएको छ।

चिनियाँ शहर वुहानमा पहिलो सङ्क्रमण पुष्टि भएयता संसारभर ५० लाख मानिसहरू सङ्क्रमित भएका छन् भने ३३८,००० जनाको मृत्यु भएको छ।

चीनमा मात्रै ८४,००० भन्दा बढी सङ्क्रमित भएक र ४,६०० जनाको मृत्यु भएको छ।वुहान रहेको प्रान्त हुबेमा सरकारले गरेको कडा लकडाउनका कारण कोरोनाभाइरस चीनको अन्य भागमा धेरै फैलिन नपाएको बताइन्छ।

विश्व स्वास्थ्य सङ्गठनले शुक्रवार दक्षिण अमेरिका महामारीको नयाँ केन्द्रविन्दु बनेको बताएको छ। ब्रजिल र मेक्सिकोमा हालैमा दिनमा नयाँ सङ्क्रमण ह्वात्तै बढेको छ।

ब्रजिलमा ३३०,००० भन्दा बढी सङ्क्रमण पुष्टि भएको छ जुन विश्वमै अमेरिका पछि सबैभन्दा बढी सङ्क्रमण भएको देश हो।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय