थप ३६ जनामा कोरोना संक्रमण पुष्टि, संख्या ५८४ पुग्यो

dainikonline
दैनिक अनलाइन | जेठ १०, २०७७ शनिबार | 0

काठमाडौं । नेपालमा शनिवार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले थप ३६ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका छन्।

सेती प्रादेशिक अस्पताल, कोशी अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो।

यसअघि आज बिहान मात्रै ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

शनिवार थपिएका ६८ जनापछि नेपालमा जम्मा सङ्क्रमितको सङ्ख्या ५८४ पुगेको छ।

हाल देशभभर ३२ हजार ५ सय ८७ जना क्वारेन्टीनमा रहेका छन्।

आइसोलेशनमा ५ सय ८ जना रहेका र ७० जना निको भइसकेको मन्त्रालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय