बाबुराममाथि नेकपाका विद्यार्थी अध्यक्षले प्रयोग गरे आपत्तिजनक भाषा

dainikonline
दैनिक अनलाइन | जेठ १०, २०७७ शनिबार | 0

काठमाडौं । सत्तारुढदल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महर पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईमाथि खनिएका छन्।

जनता समाजवादी दलका (जसपा)का नेता समेत रहेका पूर्वप्रधानमन्त्री भट्टराईले फरक मत राख्दै आएकोमा नेता महरले आपत्तिजनक भाषामा स्टाटस लेखेका छन्।

कोरोनाको कहर एकातर्फ बढिरहेका बेला प्रधानमन्त्री केपी ओलीले नक्सा विवाद अगाडी ल्याएर ध्यान मोड्न खोजेको भन्दै नेता भट्टटाइ आलोचना गर्ने गरेका छन्।

बाबुराम भट्टराईले पछिल्लो समय कोरोना संकट र भारतसँगको सम्बन्धमा आएको चिसोपनबारे चिन्ता प्रकट गर्दै आएका छन्।

शनिवार कोरोना विरुद्धको लडाइमा सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको आशयसहित भट्टराईले टिप्पणी गरेका थिए । 

बाबुरामले फरक मत राखेको भन्दै विद्यार्थी नेता महर उनी विरुद्ध आपत्तिजनक स्टाटस लेखेका छन्।

उनले सुरुमा लेखेको स्टाटसको आलोचना भएपछि अहिले इडिट गरेर उक्त पोस्टलाई मिलाएका छन्।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय