सर्वोच्चकी पहिलो महिला न्यायाधीश सुशीला सिंहको निधन

dainikonline
दैनिक अनलाइन | जेठ १०, २०७७ शनिबार | 0

काठमाडौँ । सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीश सुशीला सिंह (शिलु) को उपचारका क्रममा निधन भएको छ। 

मेडिसिटी अस्पतालमा उपचारको क्रममा उनको ८१ वर्षको उमेरमा शुक्रबार उनको निधन भएको हो।

उनी २०५८ सालदेखि २०६३ सालसम्म सर्वोच्चको पहिलो महिला न्यायाधीश बनेकी थिइन्। उनका श्रीमान इतिहासका जानकार मानिकलाल श्रेष्ठ हुन्। श्रेष्ठ पनि अस्वस्थ छन् । उनीहरुका एक छोरा जर्मनीको एक सरकारी अस्पतालमा डाक्टर छन्।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय