भक्तपुरकी कोरोना संक्रमित महिला जनप्रतिनिधि

dainikonline
दैनिक अनलाइन | जेठ १०, २०७७ शनिबार | 0

काठमाडौँ । भक्तपुरकी ४२ वर्षीया कोरोना संक्रमित महिला जनप्रतिनिधि रहेको खुलेको छ। उनी वडा नम्बर ९ की वडा सदस्य हुन्। 

राहत वितरणलगायतका काममा सक्रिय रहेकी उनमा त्यहीक्रममा कोरोना संक्रमण भएको हुन सक्ने अनुमान छ।

उनको घरमा श्रीमान र छोराछोरी छन्। उनी मुटुको बिरामी थिइन् । विगतमा उनको ओपन हार्ट सर्जरी गरिएको थियो।

उनलाई अहिले पाटन अस्पताल भर्ना गरिएको छ। स्वास्थ्य मन्त्रालयले शुक्रबार बेलुका सार्वजनिक गरेको संक्रमितहरुको विवरणमा भक्तपुर नगरपालिका ९ की ४२ वर्षीया महिलासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अन्य संक्रमितहरु बारा जिल्लाका ६ जना, सप्तरी र मकवानपुरका एक–एक जना छन्।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय