बाबुराम भट्टराईको चिन्ता -'देश कता जाँदै छ?'

dainikonline
दैनिक अनलाइन | जेठ ९, २०७७ शुक्रबार | 0

काठमाडौं। जनता समाजवादी दल (जसपा)का नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले कोरोना कहर र भारतसँगको सीमा विवादका कारण अवस्था जटिल बन्दै गएकोमा चिन्ता ब्यक्त गरेका छन्।

दिनदिनै कोरोना संक्रमणका घटना एकातर्फ  बढिरहेको बेला भारतको सँगको सम्बन्धमा आएको चिसोपनले अर्को तनाव बढिरहेको छ। नेता भट्टराईले ट्विट गर्दै 'देश कता गइरहेको छ' भन्दै प्रश्न गरेका छन्।

यस्तै, अर्को ट्विटमा नेता भ्टटराईले जनताको ध्यान मोड्न सरकारले नक्सामा मामिला ल्याएको आरोप लगाएका छन्।

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय