थप २० जनामा कोरोना संक्रमण पुष्टि, संख्या ५०७ पुग्यो

dainikonline
दैनिक अनलाइन | जेठ ९, २०७७ शुक्रबार | 0

काठमाडौं । स्वास्थ्य मन्त्रालयले थप २० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जनाएको छ।

नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रायका प्रवक्ता विकास देवकोटाले नयाँ २० संक्रमित फेला परेको पुष्टि गरेका छन्।

कैलाली, बाँके र मोरङमा गरेर थप २० जनामा कोरोना संक्रमण देखिएको हो।

सेती प्रादेशिक अस्पताल कैलालीमा परीक्षण गरिएका पाँचजना, बाँकेमा १४ जना र मोरङमा एकजनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

यससंगै नेपालमा संक्रमितको संख्या ५०७ पुगुेको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय