१ सय बढि यात्रु बोकेको पाकिस्तान एयरलाइन्सको विमान दुर्घटना

dainikonline
दैनिक अनलाइन | जेठ ९, २०७७ शुक्रबार | 0

काठमाडौं । पाकिस्तानमा आन्तरिक उडान अन्तर्गत लाहौरबाट कराची उडेको एयरबस कराची विमानस्थल नजिक दुर्घटना भएको छ।

१ सय बढि यात्रु बोकेको ए-३२० मोडेलको सो विमान विमानस्थल नजिकै दुर्घटना भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

पाकिस्तान इन्टरनेसनलको उक्त विमान विमानस्थल नजिकैका ४/५ वटा घरहरु माथि दुर्घटनाग्रस्त भएको छ।

सो विमान दुर्घटनामा परेपछि धुँवाको मुस्लो देखिएको भिडियो बाहिरिएका छन्।

पाकिस्तानी नागरिक उड्डयन निकायले दुर्घटनाको पुष्टि गरेपनि जनधनको क्षतिको बारेमा बताएको छैन।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय