कोरोना महामारी : भारतमा भोक र गरिबीका कारण मरेको कुकुर खानथाले मानिस!

dainikonline
दैनिक अनलाइन | जेठ ९, २०७७ शुक्रबार | 0

काठमाडौं । कोरोना भाइरसपछिको जारी लकडाउनका कारण भारतमा अहिले संकटग्रस्त बन्दै गएको छ।

लकडाउनका कारण उद्योगधन्दा बन्द भएका छन् भने मजदुरहरुमा यसको ठुलो असर देखिएको छ।

होटल उद्योग, कलकारखाना बन्द भएपछि हजारौं माइलको दुरी हिँडेर मानिस घर पुग्ने गरेका छन्।

ठुलो जनसंख्या रहेको भारतमा लाखौंले रोजगारी गुमाएपछि संकट चुलिदै गएको छ।

मजदुरवर्गमा रोगले भन्दा भोगले मरिने हो की भने चिन्ता छाएको छ। यसैबीच, भारतीय सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ।

जसमा भोक र गरिबीका कारण मानिसले सकडमा मरेको कुकुर खाइरहेको दाबी गरिएको छ।

गल्फ न्युजका अनुसार उक्त भिडियो फुटेज राजस्थानको राजमार्गको हो। प्रधुम्न सिंह नकुरा नामक एक भारतीयले राजस्थानको सडकमा गाडी हाँकिरहेका बेला मानिसले मरेको कुकर खाइरहेको देखेपछि भिडियो खिचेका हुन।

ती व्यक्तिले भोक र गरिबीका कारण सिनो खान बाध्य भएको बताएपछि भिडियो खिच्ने व्यक्तिले उनलाई खानाको सहयोग गर्ने बताएका छन्।

उक्त भिडियोले भारतमा जारी लकडाउनका कारण भारतमा भोक र गरिबीका कारण कसरी तड्पीरहेका छन् भन्ने देखाउँछ्। भारतीय सामाजिक सञ्जालमा यो भिडियो भाइरल बनेको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय