पाँच जिल्लाका सीडीओको सरुवा, काे कहाँ ?

dainikonline
दैनिक अनलाइन | जेठ ९, २०७७ शुक्रबार | 0

काठमाडौं । गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । बैतडी, रसुवा, नवलपरासी, बाजुरार लमजुङका प्रजिअको गृहले सरुवा गरेकाे हाे।

बैतडीकाे प्रजिअमा मोहन जोशी, रसुवाको प्रजिअमा हरि पन्त, नवलपरासीमा सागरमणि पाठकलाई सरुवा गरिएको हाे। त्यस्तै लमजुङमा कृष्णप्रसाद शर्मा र कृष्ण गैरेलाई जिल्ला प्रशासन कार्यालय बाजुरामा गृहले सरूवा गरेकाे छ।

रसुवाका प्रजिअ अर्जुन भण्डारी र नवलपरासीका बासुदेव दाहाललाई गृहमन्त्रालयमा ल्याइएको छ । बाजुराका प्रजिअ गंगाप्रसाद न्यौपानेलाई अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलमा खटाइएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको बताइएकाे छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय