कोरोना भाइरसलाई जितेर २१ जना आज घर जाँदै, मुख्यमन्त्री पोख्रेलले बाँडे खुशी

dainikonline
दैनिक अनलाइन | जेठ ९, २०७७ शुक्रबार | 0

काठमाडौं । विश्वलाई नै त्राहिमाम बनाएको कोरोना भाइरस (कोभिड– १९) लाई ५ नम्बर प्रदेशका २१ जना संक्रमितले जितेका छन् । उनीहरु आजै घर जाँदैछन् । 

खजुरा कोरोना विशेष अस्पताल बाँकेमा उपचाररत २१ जना संक्रमितहरुले कोरोना भाइरसमाथि विजय प्राप्त गरी घर जान थालेका हुन् । ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले यो खुशीलाई आफ्नो सामाजिक सञ्जालमा बाँड्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘खजुरा कोरोना विशेष अस्पतालबाट २१ जना कोरोना जितेर घर जाँदै हुनुहुन्छ । यसवाट चिकित्सक र बिरामी दुबैको मनोबल उच्च बनेको छ । बधाई छ सबैलाई ।’
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय