आज ८ वर्षीया बालिकासहित ३० संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या ४८७ पुग्यो

dainikonline
दैनिक अनलाइन | जेठ ९, २०७७ शुक्रबार | 0

काठमाडौं । नेपालमा शुक्रबार बिहान फेरि ३० जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र चितवनको भरतपुरमा गरिएको परीक्षणमा शुक्रबार बिहान ३० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थपिएका संक्रमितहरु नवलपरासी, चितवन, कपिलवस्तु र सर्लाहीका हुन् । योसँगै मुलुकमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय