दाङमा तेश्रो कोरोना संक्रमित, यस्तो छ उनको ट्राभल हिस्ट्री

dainikonline
केशरमान बुढाथोकी | जेठ ९, २०७७ शुक्रबार | 0

दाङ । पछिल्लो समय नेपालमा गुणात्मक रुपमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । बिशेष गरेर बाहिरी राष्ट्रबाट नेपाल आएकालाई कोरोना भाइरसको संक्रमण देखिएको हो । यसमा पनि नजिकको छिमेकी मुलुक भारतमा गएर बसेका हजारौं नेपाली नागरिकहरु नेपाल छिरे संगै कोरोना भाइरसको संक्रमण नेपालमा दिनानुदिन बढ्न थालेको छ ।

हिजो शुक्रबार मात्र दाङको कुइरेपानी क्वारेन्टाइनमा रहेका घोराही,३ का ३७ बर्षीय एक पुरुषलाई कोरोना देखियो । उनलाई कोरोना भाइरसको संक्रमण रहेको देखिएपछी स्वास्थ्य कार्यालय दाङले उनको ट्राभल हिस्ट्री पत्ता लगाएको छ ।

यस्तो छ उनको ट्राभल हिस्ट्री

दाङ घोराही ३ मा स्थायी घर भएका ३७ बर्षीय पुरुषले भारतको नयाँदिल्लीमा सेकुरिटी गार्डमा काम गर्थे । भारतमा कोरोना भाइरसको संक्रमण अत्याधि बढ्न थालेपछि उनलाई आफ्नै घरमा गएर परिवार संगै बस्ने रहर जाग्यो । तर भारतमा लकडाउनका कारण उनि सहजै नेपाल आउन सकेनन ।

पछी भारतले घरजाने नेपालीहरुका लागि जान दिने सूचना सम्प्रेसन गरेपछि भारतीय नागरिकहरु संग दिल्लीमा बस्दै आएका उनले आफ्नो घर भएको नेपालको दाङका नागरिकहरु खोजे । केहि दिनको खोजिपछी दाङ घर भएका ५ जना नागरिक सम्पर्कमा आए । पछि ती पाँचै जनाले टाटासुमो गाडी रिजर्भ गरेर नेपालको सिमाना कृष्णनगर सम्म आए ।

त्यसपछि घोराही नगरपालीकाले नाकामा अलपत्र आफ्ना नागरिकहरुलाई लिनका लागि गाडीहरु पठायो । त्यहि गाडी चढेर गत जेष्ठ ३ गते उनिहरु दाङ आए । झन्डै ३२ जना यात्रु राखेको गाडीमा आएका उनि पाँच जना पनि गाडीमा को कुन सिटमा बस्यो थाहा भएन ।

घोराही पुगेपछि घोराही ३ मा उनको घर भएकाले उनलाई आफ्नो घर नजिकै कुइरेपानीमा भएको क्वारेन्टाइनमा राखियो । अरुलाइ सम्बन्धित वडाहरुले आएर आ आफ्नो वडाको क्वारेन्टाइनमा लागे । कसको घर कहाँ हो र को कहाँ को क्वारेन्टाइनमा छ भन्ने कुरा अहिले उनलाई थाहा छैन ।

संगै आएका पाँच जना मध्ये उनि मात्र कुइरेपानीको क्वारेन्टाइनमा छन् । अन्य चार जना सहित बाँकी सबै आआफ्नो पालिकाले आआफ्नै क्वारेन्टाइनमा लगेर सुरक्षित राखेको छ । उनीहरुको तत्काल कोरोना परिक्षण गर्न थालिएको छ ।

(स्वास्थ्य कार्यालय प्रमुख सुनिता पौडेल र कोरोना संक्रमित युवा बीच भएको कुराकानीमा आधारित)

केशरमान बुढाथोकी

(बुढाथोकी पत्रकारितामा क्रियाशील छन् ।)

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय