अमेरिकामा एकैदिन थपिए २८ हजार कोरोना संक्रमित, मृत्युदर उच्च

dainikonline
दैनिक अनलाइन | जेठ ९, २०७७ शुक्रबार | 0

काठमाडाैं । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या उच्च रहेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बितेको २४ घण्टामा एक हजार ३ सय ७८ जनाको मृत्यु भएको छ भने २८ हजार नयाँ संक्रमित थपिएका छन् । यो आँकडा अरु देशको तुलनामा निकै उच्च रहेको स्वास्थ्य अधिकारी बताउँछन् ।

यो समाचार तयार पार्दासम्म । अमेरिकामा कोरोनाबाट हालसम्म १६ लाख २० हजार संक्रमित रहेका छन् भने ९६ हजार ३ सय १४ जनाको मृत्यु भएको छ । ३ लाख ८२ हजार संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । अमेरिका कोरोेनाबाट सबैभन्दा प्रभावित देश हो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय