भारतमा एकै दिन ६ हजारभन्दा बढीमा कोरोना संक्रमण

dainikonline
फाइल तस्वीर
दैनिक अनलाइन | जेठ ९, २०७७ शुक्रबार | 0
फाइल तस्वीर

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संक्रमितको संख्या १ लाख १८ हजार नाघेको छ । एकै दिन थप ६ हजार १९८ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख १८ हजार २२६ पुगेको हो ।

यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार ५८४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १५० जनाको मृत्यु भएको छ । कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्‍याइएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय