रौतहटमा छरपस्ट अवस्थामा १० लाख बढी रुपैयाँ भेटिएपछि...

dainikonline
दैनिक अनलाइन | जेठ ८, २०७७ बिहिबार | 0

रौतहट । रौतहट जिल्लाको ईशनाथ नगरपालिकामा छरपस्ट अवस्थामा १० लाख बढी रकम फेला परेको छ। पोखरीको डिलमा छरपस्ट अवस्थामा बिहीबार प्रहरीले १० लाख १० हजार फेला पारेको हो। 

रकम कसको भन्ने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ। स्थानीय माइस्थान चोक सँगैको पोखरी छेउमा प्रहरीलाई देखेपछि दुई जना भागेका थिए। प्रहरीले मानिस भाग्नुको कारण पत्ता लगाउन जाँदा पैसा छरिएको अवस्थामा फेला पारेको ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहताले जानकारी दिए। 

कोरोना संक्रमण रोक्न जारी लकडाउनको क्रममा गस्तीमा रहेको सुरक्षाकर्मीले बिहान ना ५४ प २११६ नम्बरको मोटरसाइकललाई रोक्न खोजेपछि त्यसमा सवार दुई जना प्रहरीलाई देखेपछि भागेका थिए। 

यति धेरै रकम कस्को र कुन प्रायोजनाका लागि ल्याइएको हो भन्ने बारे अहिलेसम्म नखुलेको र यस बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय