कर्णाली प्रदेशमा भेटियो कोरोना ?

दैलेखका एक व्यक्तिमा पीसीआर परीक्षणमा देखियो कोरोना पोजेटिभ, थप परीक्षणका लागि स्वाब नेपालगञ्ज पठाइयो

dainikonline
दैनिक अनलाइन | जेठ ५, २०७७ सोमबार | 0

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक एक जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ। कर्णाली प्रदेशको सुर्खेत कालागाउँस्थित अस्पतालको ल्यावमा पीसीआर विधिबाट परीक्षण गर्दा दैलेख घर भएका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको हो।

सुर्खेतमा पीसीआर विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि उनको थ्रोट स्वाब नेपालगञ्ज पठाइएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

केही दिनअघि भारतको आगराबाट आएका दैलेखका ती युवामा कोरोना पोजेटिभ देखिएपछि थप परीक्षण गर्न शुरु गरिएको छ।

सुर्खेतको ल्याबमा पीसीआर विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको र रिपोर्टको पुनः परीक्षणका लागि स्वाबको नमूना नेपालगञ्ज पठाइएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारी जोशीले बताउनुभयो।

कोरोना संक्रमणको आशंका गरिएका युवा ४५ दिन भारतको वनवासामा बसेर आएका र उनलाई दैलेखको आठबीस नगरपालिकाले उद्धार गरेर जेठ १ गते आठबीस ल्याएको थियो। उनी लक्ष्मी माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा बस्दै आइरहेका छन्। 

देशभर २ जनाको मृत्यु हुनुका साथै ३०४ जना कोरोना संक्रमित भेटिइसक्दा कर्णाली प्रदेशमा एक जनामा पनि संक्रमण देखिएको थिएन। अब भने कर्णाली प्रदेशमा पनि जोखिम बढ्न थालेको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय