नेपाली युवक दिवेश पोखरेल अमेरिकन आइडलको फाइनलमा

dainikonline
दैनिक अनलाइन | जेठ ५, २०७७ सोमबार | 0

काठमाडौँ । आर्थर गनले चिनिएका नेपाली युवक दिवेश पोखरेल अमेरिकन आइडलको फाइनलमा प्रवेश गरेका छन्। उनी टप ५ मा प्रवेश गर्दै उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

टप ५ को घोषणासँगै उपाधिका लागि भोटिङ खुल्ला भएको छ। फाइनल राउण्ड पनि सुरु भइसकेको छ। यसमा प्रत्येक प्रतियोगीले दुई–दुई वटा प्रस्तुति दिनेछन्।

साथै एक घन्टासम्म भोटिङ खुल्ला राखिने छ। सबैभन्दा बढी भोट ल्याउने अमेरिकन आइडल घोषणा हुनेछ।

कोरोना महामारीका कारण अमेरिकन आइडलको फाइनलमा सबैले आ-आफ्नो घरबाटै प्रस्तुति दिइरहेका छन्।  अमेरिकाको चर्चित अवार्ड पूर्वानुमान वेबसाइट गोल्ड डर्बीले यसअघि नै आर्थर गनलाई उपाधिका मुख्य दाबेदार भनिसकेको छ।

दिवेशसँगै डिल्लोन जेम्स, जस्ट साम, जोन्नी वेस्ट, फ्रान्सिस्को मार्टिन टप ५ मा पुगेका छन्। काठमाडौँको रविभवनमा जन्मेका दिवेश उच्च अध्ययनका सिलसिलामा सन् २०१४ मा अमेरिका गएका हुन्।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय