निजी अस्पतालहरुले आरडिटी परीक्षण गर्न पाउने

dainikonline
दैनिक अनलाइन | जेठ ४, २०७७ आइतबार | 0

काठमाडौं । नीजि तथा सामुदायिक अस्पतालहरुले कोरोना भाइरसको आरडिटी परीक्षण गर्न पाउने छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अनुमति लिएर नीजि तथा सामुदायिक अस्पतालहरुले आरडिटी परीक्षण गर्न पाउने भएका हुन्।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरसको परीक्षणमा सहजता प्रदान गर्न नीजि तथा सामुदायिक अस्पतालाई आरडिटी परीक्षण गर्न पाउने गरी निर्देशिका जारी गरिएको हो।

परीक्षण उपत्यका भित्र रहेका अस्पतालहरुले स्वास्थ्य सेवा विभाग र बाहिरका अस्पतालहरुले प्रदेश स्वास्थ्य निर्देशनालयबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ।

प्रवक्ता देवकोटाका अनुसार नीजि अस्पतालहरुले जनस्वास्थ्य प्रयोशालाले सार्वजनिक सूचीमा उल्लेख गरेका आरडिटी किटहरुको मात्रै प्रयोग गर्न पाउनेछन्।

परीक्षण पश्चात दैनिक रुपमा अस्पतालहरुले त्यसको विवरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगाशालामा पेश गर्नुपर्ने छ । नीजि तथा सामुदायिक अस्पतालहरुले आरडिटी परीक्षण बाफत शूल्क लिन पाउनेछन्।

किट खरिद गरेको मुल्यमा बढीमा २० प्रतिशत शूल्क लिएर परीक्षण गर्न पाउने मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय