नायिका तापसी पन्नु पारिश्रमिक कटौती गर्न तयार

dainikonline
दैनिक अनलाइन | जेठ ४, २०७७ आइतबार | 0

काठमाडौँ । भारतमा कोरोना र यसपछि सुरु भएको लक डाउनको असर बलिउड फिल्म फिल्म नगरीमा पनि नराम्रोसँग परेको छ । अब, कलाकारले आफ्नो पारिश्रमिकमा भारी कटौती गर्नुपर्ने तर्कहरु समेत हुन थालेको छ ।

यो बिषयमा भारतीय मिडियासँग कुरा गर्दै नायिका तापसी पन्नुले यदि यस्तो अवस्था आयो भने आफू तयार रहेको बताएकी छिन् । तापसी भन्छिन्–‘यदि परिस्थिती त्यस्तै आयो भने म पारिश्रमिक कटौती गर्न तयार छु ।’

अहिले कुनै पनि सुटिङ भैरहेको छैन । यस्तो अवस्थामा पारिश्रमिक कटौतीको कुरा त पक्कै आउँछ । यस्तो अवस्था आएमा म यसका लागि तयार छु ।’

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय