लकडाउनमा सुटिङ बन्द भएपछि आर्थिक संकटमा थिए बलिउड कलाकार, गरे आत्महत्या

dainikonline
दैनिक अनलाइन | जेठ ४, २०७७ आइतबार | 0

काठमाडौँ । लकडाउनका कारण दुई महिनादेखि सुटिङ बन्द भएपछि आर्थिक संकटमा रहेका बलिउड कलाकार मनमीत ग्रेवालले आत्महत्या गरेका छन्। 

लकडाउनमा टीभी सिरियल बन्द भएपछि आर्थिक संकट आएका कारण मनमीत डिप्रेशनमा परेको र यसै क्रममा आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। २९ वर्षीया मनमीत मुंबईको नवी क्षेत्रमा बस्दै आएका थिए। 

पछिल्लो समय उनी टिभी सिरियल कुलदीपकमा देखिएका थिए। उनले सिरियलमा काम गर्नका लागि निकै संघर्ष गरेको बताइएको छ। उनी विवाहित थिए र करिब ८ वर्ष पहिले मुंबई आएका थिए। उनी आफ्नी पत्नीसँग एक सानो फल्याटमा नवी मुंबईमा बस्दै आएका थिए। 

एकातिर आर्थिक संकट र अर्को तिर सुटिङ ठप्प भएका कारण उनी डिप्रेशनमा परेका थिए। उनले आफ्नो काम र परिवारका लागि केही ऋण लिएका थिए। यो समयमा काम नपाएका कारण उनले त्यो ऋण तिर्न पनि सकेका थिएनन्। त्यसै क्रममा उनले आत्महत्याको बाटो रोजेको समाचारमा जनाइएको छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय