कोरोनाबाट नेपालमा पहिलो मृत्यु भएको पुष्टि

dainikonline
दैनिक अनलाइन | जेठ ३, २०७७ शनिबार | 0

काठमाडौं । स्वास्थ्य मन्त्रालयले धुलिखेल अस्पतालमा मृत्यु भएकी २८ बर्षीया महिलाको कोरोना संक्रमणकै कारण मृत्यु भएको पुष्टि गरेको छ।

सिन्धुपाल्चोककी २८ बर्षीया ती महिलाको बिहिबार उपचारका क्रममा निधन भएको थियो।

एक विज्ञप्ति मार्फत मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनको तजिता पोजेटिभ आएको जनाएको छ।

यो सँगै नेपालमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको हो।

मन्त्रालयले पछिल्लो विवरणमा सिन्धुपाल्चोककी सुत्केरीको कोरोनाबाट मृत्यु भएको रधनुषामा थप दुई जनामा कोरोना स‌ंक्रमण देखिएको जनाएको छ। यो सँगै नेपालमा कोरोनाका संक्रमितको संख्या २८१ पुगेको छ। हालसम्म एक जनाको मृत्यु भएको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय