सेयर बजार आजबाट फेरि बन्द

dainikonline
फाइल तस्वीर
दैनिक अनलाइन | जेठ १, २०७७ बिहिबार | 0
फाइल तस्वीर

काठमाडौं । लकडाउन पुनः कडा भएसँगै धितोपत्र बजार आजदेखि फेरि बन्द हुने भएको छ । गत बैशाख २६ गते बोर्डले १४ बुदे निर्देशन दिई चैत ११ गतेदेखि भएको लकडाउनपछि धितोपत्र बजार बैशाख ३० गते मंगलबारदेखि सुचारु गरेको थियो । दुई दिनसम्म चलेको बजार लगातार नेगेटिभ सर्किट लागेर बन्द भएको थियो ।

केही नयाँ व्यवस्थासहित बजार खुले पनि गलत समयमा खुलाएर निश्चित स्वार्थ समूहको स्वार्थ पूरा गर्न खोजिएको भन्दै लगानीकर्ताले तीव्र विरोध जनाएका थिए । विरोधकै बीच काठमाण्डौ उपत्यकामा समेत कोरोना संक्रमित फेला परी संख्या लगातार बढेपछि सरकारले बिहीबारदेखि लकडाउनलाई कडा बनाउने निर्णय गरेको थियो ।

लकडाउन पुनः कडा भएसँगै सेयर बजार समेत बन्द हुने भएको हो । चैत ११ गतेदेखि बन्द भएको शेयर कारोबार गत मंगलबारदेखि साविकका नियमहरुमा केही परिवर्तन गरी दैनिक २ घण्टाका लागि बजार खोलिएको थियो। कारोबार भएका दुबै दिन नेप्से नकारात्मक सर्किट लागि तोकिएको अवधिभन्दा अगावै बन्द भएको थियो।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय