नेपालका पूर्व राष्ट्रिय फुटबल खेलाडी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि

dainikonline
दैनिक अनलाइन | बैशाख २९, २०७७ सोमबार | 0

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी रञ्जित श्रेष्ठलाई कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। 

वैदेशिक रोजगारीको सिलसिलामा हाल यूएईको दुबईमा रहेका श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको हो। श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोस्ट गर्दै आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन्। 

उनले कोरोनाको संक्रमण देखिए पनि स्वास्थ्य अवस्था भने सामान्य रहेको बताएका छन्। उनी सन् २००९ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिप प्रतियोगिता सामेल बनेका खेलाडी हुन्। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय