यो देशमा अचानक आकाश रातो भएपछि...

dainikonline
दैनिक अनलाइन | बैशाख २५, २०७७ बिहिबार | 0

नायमी। कोरोना महामारीले अहिले विश्वभर सङ्कट पैदा गरेको छ।

कोरोनाको कहरका बीच अफ्रिकी देश नाइजरमा एउटा घटना यस्तो घटना भयो जसले मानिसहरूलाई निकै डरायो।

कतिपयले सामाजिक सञ्जालमा हतारिँदै लेखे,''यस्तो लाग्दैछ की अब संसारको अन्त्य हुँदैछ''। मानिसहरूका त्यस्ता प्रतिक्रियाबाट नै कतिसम्म डराएका थिए भन्ने बुझ्न सकिन्छ।

नाइजरको राजधानीमा ठुलो बालुवा मिश्रित आँधी आएको हो। त्यस समयमा सम्पूर्ण आकाश अचानक रातो बनेको थियो।

आँधीले आकाशको रङ्गनै परिवर्तन गरिदियो। मानिसहरू यस्तो देखेर निकै डराएका हुन।

मानिसहरूले सामाजिक सञ्जालमा फोटो पनि सेयर गरेका छन्।

बलौटे आँधीबेहरी पछि बादलको रङ्ग बदलिएर आकाश रातो बनेको थियो।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार पश्चिमी अफ्रिकामा सुख्खा मौसममा धुलो मिश्रित वायु र बालुवाको आँधीबेहरी बेलाबेला आउँने गरेको छ।

जसले पुरै आकाश नै रातो पारिदिन्छ।-एजेन्सी

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय