मिर्गौला प्रत्यारोपणको चौथो दिन टिचिङमा प्रधानमन्त्रीले लेखेको यस्तो गीत

dainikonline
दैनिक अनलाइन | बैशाख २४, २०७७ बुधबार | 0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दोस्रो मिर्गौला प्रत्यारोपण सफल भएपछि क्रिटिकल केयर यूनिटमा रहँदा लेखेको गीत सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रचित गीतले भावना र अनुभूतिलाई बढी समेटेको छ । त्यस दिन सीसीयूमा कागज कलम उपलब्ध नहुँदा यो गीत डिस्चार्ज हुनुभएपछि मात्रै सम्झनाको आधारमा लिपिबद्ध गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गीत

म त भाग्यमानी
केपी शर्मा ओली

छानेर नि हैन, हैन जानी–जानी
तर जन्मे नेपालमै म त भाग्यमानी
आहा ! कति भाग्यमानी ?

सबैभन्दा ठूलो देश
मेरा देशवासी
सेवा गर्न यिन्को पाएँ
कति भाग्यमानी
म त कति भाग्यमानी ।

चाहिएन धन दौलत
दुःख, सुख सहन्छु
संकल्प र बाटो लिएँ
देश सेवा रोजी
सबैभन्दा ठूलो सुख
इमानको काम
रमेको छु यसैमा म
कति भाग्यमानी ?

२४ फागुन २०७६
सीसीयू, टियूटिएच


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय