मई दिवसमा लेखे प्रधानमन्त्री ओलीले यस्तो कविता

dainikonline
केपी शर्मा ओली | बैशाख १९, २०७७ शुक्रबार | 0

(प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मई दिवस’को अवसरमा कविता लेख्नुभएको छ । उहाँले बिहान २ः३० बजे लेख्नुभएको कविताको शीर्षक ‘अब आँसु खसाउनु पर्दैन’ रहेको छ ।)

अब आँसु खसाउनु पर्दैन

अब आँसु खसाउनु पर्दैन
रगत बगाउनु पर्दैन
नेपाली मन अब फुट्दैन
राष्ट्रिय एकता टुट्दैन
शान्ति अब यहाँ मर्दैन
नेपाली मर्नु पर्दैन
बढ्यो नेपाल अब बढ्यो अघि
विकासमा पछि पर्दैन
गणतन्त्र हो यो गणतन्त्र
सार्वभौम जनताको जनतन्त्र
अब आँसु खसाल्नु पर्दैन  ।                                                        

०००

सामाजिक न्याय र समानता
अधिकारसम्पन्न जनता
मेची–काली, पहाड–तराई
निर्भय वातावरण सुरक्षित नारी
अब आधुनिकतामा बढ्यो नेपाल
गणतन्त्र हो यो गणतन्त्र 
सार्वभौम जनताको जनतन्त्र 
अब आँसु खसाउनु पर्दैन ।
०००

फाटोका खेती कुहिन्छन्
स्वार्थी हिंसा तुहिन्छन्
अब चेलीका चुरा फुट्दैनन्
कोही टुहुरा पर्दैनन्
गणतन्त्र हो यो गणतन्त्र
शक्तिका स्रोत जनताको
जनतन्त्र हो यो जनतन्त्र
अब आँसु खसाउनु पर्दैन
रगत बगाउनु पर्दैन ।

१ मे २०२०
बिहान २ः३० बजे


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय