अमिताभ बच्चनलाई कोरोनाले पिछा गर्न छाडेन!

dainikonline
दैनिक अनलाइन | बैशाख १४, २०७७ आइतबार | 0

अहिले विश्व समुदाय कोरोना भाइरस संक्मणका कारण त्रसित छ। विश्वभर यसको प्रभाव सेलाउने अझै छाँटकाँट देखिएको छैन।

लाखौं मानिसको ज्यान लिइसकेको यस भाइरसको उपचार के हाला? वैज्ञानिकहरु केवल अनुमान मात्र गरिरहेका छन्।

यो भाइरसको उत्पत्ति र यसको स्रोतबारे यकिन जानकारी अहिलेसम्म कसैलाई थाहा छैन।

चीनको वुहानमा चमेराबाट कोरोना फैलिएको सुरुदेखिनै विश्वास गरिएको छ। तर, यसको पुस्टि भने हुन सकेको छैन।

उक्त खबरपछि वुहानको वेट मार्केट बन्द भएका छन् भने धेरै मानिस जिवजन्तुदेखि सावधान बनेका छन।

चमेरालाई देख्नै वित्तिक्कै मानिसहरु कोरोना सम्झन थालेका छन्। भारतीय अभिनेता अमिताभ बच्चनलाई पनि त्यस्तै भएको छ।

अभिनेता बच्चनले सामाजिक सञ्जाल मार्फत आफ्नो बंगलामा चमेरो पसेको उल्लेख गरेका छन्।

अमिताभले ट्विटरमा चमेरा बाहिर निकाल्न निकै गाह्रो भएको  बताएका छन्।

''..तपाईं विश्वास गर्नुहुन्छ ? जलसा स्थित मेरो कोठामा एक चमेरो पस्यो। ठूलो कठिनाइको साथ उसलाई बाहिर निकाले। कोरोनाले पीछा गर्न छाडेको छैन !..' ट्विटमा उल्लेख छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय