विद्यार्थीको कलम | देशको हालत

dainikonline
दैनिक अनलाइन | बैशाख १३, २०७७ शनिबार | 0

प्रज्वल थापा

गरिबको घरमा भुटुन हाल्न तेल छैन
अपराधी नभएको कुनै जेल छैन
घुस नखाई खेल्ने कुनै खेल छैन
देश निर्माणका लागि नेताहरुकै मेल छैन

हाम्रो देशमा गुन्डा नभएको कुनै टोल छैन 
बलात्कार गरि महिलाको शरीरको कुनै खोल छैन
अहिलेको मानवमा मेहनतको पसिनाको झोल छैन
भ्रस्टचारीले देश लुट्न नखेलेको कुनै रोल छैन

अहिले पनि जनताको घरमा खानेपानीको धारा छैन 
बिसर्जन गरेर मल फाल्न कुनै ढल छैन
देशमा महङ्गीले नसताएको कुनै पल छैन 
स्वच्छ र शुद्ध खानको लागि देशमा अर्ग्यानिक फल छैन

गरिबको घरमा अन्न छैन
धनीका कुकुरलाई सधैं मासु खान मन छैन
देशको इज्जत र गरिमा बचाउने कोही छैन
प्रजातन्त्रलाई आशीर्वाद स्वरुप मानी अघि बढ्ने कोही छैन 

स्वतन्त्रताको सही सदुपयोग गर्न खोज्ने कोही छैन
घुसखोरी र बलात्कारीलाई फाँसी दिने अठोट कोहीमा छैन 
त्यसैले धेरैको बलिदानीले पाएको यो स्वतन्त्रता 
खेर नफालौं हो जपेर मानवताहीन मुलमन्त्र

सम्भब पारौं ठूला ठूला देखेका ती सपना 
अनि बनौं देशको असल र सुन्दर गहना । 

कक्षा : १० 
लालीगुराँस बाटिका सेकेन्डरी स्कुल, नरेफाँट कोटेश्वर

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय