सिमानामा काँडेतार लगाउन नायक नवल खड्काको आग्रह

dainikonline
दैनिक अनलाइन | बैशाख १३, २०७७ शनिबार | 0

काठमाडौं । नायक नवल खड्काले देश जोगाउन सिमानामा काँडेतार लगाउने उपयुक्त समय आएको बताउनुभएको छ। लामो समयदेखि काँडेतार अभियान सञ्चालन गरिनुभएका खड्काले अहिले कोरोना संक्रमण रोक्न काँडेतार लगाउनु झन आवश्यक भएको बताउनुभएको हो।

‘मुख्य कुरा देश हो। हामी नेपालीको स्वाभिमान हुर्काउने र बचाउने यो सानो आयतन हो’– उहाँले भन्नुभयो– ‘यस आयतनलाई भीमकाय आयतनयुक्त मुलुकले वरपरबाट घेरेका छन्। बेला बेलामा आड पाएका छौं भुल्नुहुन्न तीबाट तर अनेकन झञ्झट पनि बेहोरिरहेका छौं।’

उत्तरमा हिमालले छेकेकाले सीमा व्यवस्थापन भए पनि दक्षिणमा भद्रगोल रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘त्यता सीमा मिच्ने, तस्करी, डकैती, कालावजारी, आतङ्ककारी सबै ओहोरदोहर गर्ने द्वार छ । हुँदा हुदाँ महामारी भित्रने सुरूङ पनि देखिएको छ।’

उदयपुर वा विरगञ्जका कोरोना संक्रमितको रहस्यमय प्रवेश खुला सीमाबाट नै भएको उल्लेख गर्दै उहाँले थप्नुभयो– ‘पुर्वाग्रह होइन, अहिलेको कोरोना कहरले पनि सीमा व्यवस्थापनको मागको आचित्य सावित गर्दछ, सीमा वन्द गरौं, प्रवेश व्यवस्थापन गरौं। कोरोनालगायत अन्य महामारीको नियन्त्रण गर्न सिमानामा काँडेतार लगाऔं।’

उहाँले फेसबुकमा लेख्नुभएको जस्ताको तस्तै-

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय