लकडाउनका बीच भोलि नेविसंघले देशभर विरोध प्रदर्शन गर्ने

dainikonline
दैनिक अनलाइन | बैशाख ११, २०७७ बिहिबार | 0

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भोलि देशभर विरोध प्रदर्शन गर्ने भएको छ।

सरकारद्वारा जारी राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन माग गर्दै देशभर प्रदर्शन गर्न लागेको जनाएको छ।

बिहीबार नेविसंघका अध्यक्ष राजीव ढुंगानले एक विज्ञिप्त जारी गरि अध्यादेश फिर्ता लिन माग गर्दै देशभर विरोध प्रदर्शन गर्ने लागिएको जनाकारी दिए । अध्यादेशविरुद्ध भोलि विहान ९ बजे ७७ वटै जिल्लाका प्रमुख स्थानमा संकेतिक विरोध प्रदर्शनका लागि उनले आह्वन गरे ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय