इंग्ल्याण्डका पूर्व विश्व च्याम्पियन फुटबलरको कोरोनाबाट मृत्यु

dainikonline
दैनिक अनलाइन | बैशाख ६, २०७७ शनिबार | 0

लण्डन । इंग्ल्याण्डका पूर्व डिफेन्डर नर्मन हन्टरको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ।

बीबीसीका अनुसार हन्टरलाई अप्रिल १० तारिखमा कोरोना भाइरस पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएको थियो।

७६ बर्षीय उनको अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनी सन् १९६६ मा विश्वकप जित्ने टीमको एक हिस्सा थिए।

हन्टरले लीड्स टिमका लागि धेरै महत्वपूर्ण भूमिका खेलेका थिए। जसले उनको टिमलाई दुई लिग उपाधि जित्यो।

क्लबले भनेको छ , ''उनको विरासत कहिले पनि बिर्सिनेछैन र यो नर्मनको परिवार र साथीहरूको लागि गाह्रो समय हो। उनले क्लबका लागि ७२६ म्याच खेलका थिए। हन्टर १४ बर्षको कलिलो उमेरमा  डिफेन्डरको रूपमा लीडमा आवद्द भएका थिए । उनी १९६६ को विश्वकप विजेता टोलीका सदस्य थिए। हन्टरले १९७६ मा लीड छाडेपछि ब्रिस्टल सिटी र बार्न्समा जोडिए र ती टिमका लागि पनि खेले।''

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय