सनसिटी अपार्टमेन्टमा बस्ने वेनिषा भन्छिन्- ‘म र मेरो परिवार सुरक्षित छौं'

dainikonline
दैनिक अनलाइन | बैशाख ३, २०७७ बुधबार | 0

काठमाडौं  । पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एक परिवारका २ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि उक्त अपार्टमेन्टमा बस्दै आएकी नायिका वेनिषा हमालले केही मानसिक तनाव परेको बताएकी छिन् । परिवारसँग अपार्टमेन्टमा बस्दै आएकी वेनिषाले आफू सुरक्षित रहेको समेत बताइन ।

अपार्टमेन्टको बल्क नम्बर जे मा बस्दै आएकी वेनिषाले भनिन् – ‘म र मेरो परिवार सुरक्षित छौं, हजुरहरुले देखाउनुभएको माया, सद्भाव र चिन्ताका लागि आभार प्रकट गर्न चाहन्छु ।’ वेनिषाले सबैलाई घरमै बसी लकडाउनका पूर्ण पालना गर्न पनि अनुरोध गरेकी छिन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय