पल शाहले २ सय मजदुरलाई दिए ५ लाख बराबरको खाद्यान्न सामग्री

dainikonline
दैनिक अनलाइन | बैशाख २, २०७७ मंगलबार | 0

काठमाडौं । नायक तथा मोडल पल शाहले चलचित्र उद्योगमा काम गर्ने २ सय ज्यालादारी मजदुरलाई सहयोग गरेका छन्।

नायक शाहले ५ लाख रुपैयाँ बराबरको खाद्यान्न किनेर आफैं मजदुरलाई दिएका हुन।

दाङ घर भएका शाह एसएलसी पछि टेलिभिजनमा भिजुअल एडिटर बन्ने सपना बोकेर काठमाडौं आएका थिए।

शाहले टेलिभिजनमाका विभिन्न कार्यक्रममा भिजुअल एडिटर ( प्राविधिक) भएर काम गरे।

प्राविधिक हुँदा महिनौं तलब नपाएर उधारो तिर्न नसकेको भोगाई उनीसँग छ। 'लकडाउन'ले ज्यालादारी बन्द भएका मजदुरको पीडालाई बुझेर शाहले सहयोगी हात बढाएका हुन। 

प्राविधिक हुँदै संयोगले मोडलिङ क्षेत्रमा छिरेका शाह अहिले नायकका रुपमा समेतपरिचित छन्।

शाहले थुप्रै म्युजिक भिडियो तथा चलचित्रमा अभिनय गरिसकेका छन्।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय