गौरिका सिंहका बुवालाई कोरोनाको आशंका, पूरै परिवार क्वारेन्टाइनमा

dainikonline
दैनिक अनलाइन | बैशाख २, २०७७ मंगलबार | 0

काठमाडौँ । किर्तिमानी नेपाली पौडिबाज गौरिका सिंहका बाबुरालाई कोरोना संक्रमणको आशंका भएपछि पूरै परिवार क्वारेन्टाइनमा बसेको छ। 

कोरोनाको आशंकापछि पूरै परिवार २ हप्ताका लागि क्वारेन्टाइनमा बसेको हो। गौरिकाले आफूहरुको क्वारेन्टाइन अवधि पूरा भएपछि मात्रै यसको जानकारी दिएकी हुन्। उनले नेपाली नयाँ वर्षका दिन सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै आफ्नो परिवारले १४ दिने क्वारेन्टाइन पूरा गरेको जानकारी दिएकी हुन्। 

गौरिकाका पिता पारस सिंह डाक्टर हुन्। उनी अहिले कोरोनाभाइरस संक्रमितको उपचारमा खटिएका छन्। यही क्रममा उनीमा कोरोनाभाइरसको लक्षण देखिएपछि संक्रमणको आशंकामा पूरै परिवार क्वारेन्टाइनमा बसेको उनले उल्लेख गरेकी छिन्। गौरिकाको परिवार अमेरिकाको न्यूयोर्कमा बस्दै आएको छ। अमेरिकाको न्यूयोर्क शहर कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित शहर मानिन्छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय