नेयमारकी आमाका प्रेमी नेयमार भन्दा ६ बर्ष कान्छो

dainikonline
दैनिक अनलाइन | चैत ३०, २०७६ आइतबार | 0

एजेन्सी । ब्राजिल एवम् पेरिस सेन्ट जर्मन (पीएसजी)का सुपरस्टार नेयमारकी आमाले आफ्नो नयाँ प्रेम सम्बन्ध सार्वजनिक गरेकी छन्।

५२ बर्षीया नादिन गोल्काभेसले सामाजिक सञ्जाल इन्ट्राग्राम मार्फत नयाँ प्रेमीसँग डेट गर्दै गरेको फोटो सार्वजनिक गरेकी छन्।

नेयमारका बुवासँग डिभोर्स भएपछि उनीहरु अलग्गै बस्दै आएका थिए।

उनका नयाँ प्रेमी (टियगो रामोस) नेयमार भन्दा झण्डै ६ बर्ष कान्छा रहेको बताइएको छ।

गेमर र मोडल रहेका रामोस नेयमारका फ्यान समेत हुन। उनले २८ औं बर्थडेमा नेयमारलाई भेटेका थिए।

विश्वप्रसिद्ध फुटबलर नेयमार गत फ्रेबुअरीबाट २८ बर्षमा प्रवेश गरे।

नादिनले सन् २०१६ मा नेयमारका बुवा(नेयमार सिनियर)सँगको २५ बर्षे वैवाहिक सम्बन्ध तोडेकी थिइन्।

उमेरको फरकका बावजुद उनको नयाँ सम्बन्धमा सुपरस्टार छोरा नेयमारको भने स्वीकृति छ।

आमाले नयाँ प्रेमीको फोटो इन्ट्राग्राममा राखेपछि नेयमारले 'सधै खुशी हुनुस आमा, लभ यु' भन्दै कमेन्ट गरेका छन्।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

O inexplicável não se explica, se vive... ❤️

A post shared by Nadine Gonçalves (@nadine.goncalves) on

आमा बुवासँग नेयमार

 

आमा र बहिनीसँग नेयमार

आमा र नेयमार

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय