कोरोनाको आशंकामा आइसोलेसनमा रहेका बिरामीको मृत्यु

dainikonline
दैनिक अनलाइन | चैत २४, २०७६ सोमबार | 0

कपिलवस्तु । कोरोना आशंकामा कपिलवस्तु अस्पतालको आईसोलेसनमा रहेका एक बिरामीको मृत्यु भएको छ। 

कपिलस्तुवको बिजयनगर गाउँपालिका-२ जलैयाका ३० बर्षीय युवकको सोमवार साँझ ८ बजे उपचारका क्रममा मृत्यु भएको हो।

मृतकका आफन्तका अनुसार उनी क्षय रोगबाट समेत ग्रस्त थिए।

उनलाई पछिल्लो समय ज्वरो र रुघाखोकी लागेपछि कोरोना आशंकामा दुईदिन अघि अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।

गत शुक्रबार शिवराजनगरपालिको चन्द्रौटामा रहेको अस्पतालबाट रिफर गरी कपिलवस्तु अस्पताल पठाइएको थियो।

मृत्यु भएका विरामीको स्वाव परिक्षणका लागि बुटवल पठाइए पनि अझै रिर्पोट आइसकेको छैन। 

उनको मृत्यु के कारणले भयो भन्ने बारे थाहा हुन सकेको छैन।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय