यस्तोबेला नेताले आफ्नोमात्र सुरक्षा खोज्न मिल्दैन ,अहिले सेवा बन्दगर्ने अस्पताललाई खारेज गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ

dainikonline
दैनिक अनलाइन | चैत २४, २०७६ सोमबार | 0

काठमाडौ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले एउटा नेता ब्यक्तिगत जीवन जोगाउन कोठा भित्र गुम्सेर बस्न नहुने बताएका छ्न । एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उनले यस्तो धारणा राखेका हुन।

कोरोना बिरुद्ध ब्यवस्थित पहल गर्नु पर्ने भएकाले आफुले नेकपा सचिवालयको बैठक माग गरेको बताउदै श्रेष्ठले नेकपाले कोरोनाबिरुद्द अभियानको नेतृत्व गर्ने बताएका छ्न।

सिमामा नेपालिहरुलाई जबर्जस्ति रोकेर राख्न नहुने बताउदै क्वारेन्टाइनको ब्यवस्था सरकारले गर्नुपर्ने बताएका श्रेष्ठले यस्तोबेला सेवा बन्दगर्ने अस्पपताल हरुलाई कारबाही गरिने समेत बताएका छ्न ।

पछिल्ला विवादहरुमा नेकपाका नेताहरु मुछिएको विषयमा बोल्दै श्रेष्ठले जो जसको बारेमा प्रश्न उठेपनी छानबीन हुने बताउदै नेकपालाई बदनाम गर्ने उदेश्यले पनि केही विषयहरु जवर्जती उठाइएको बताएका छ्न । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय